← समाचारमा फर्कनुस्
क्यालेन्डर अनुसार लिग सञ्चालन गर्न खेलाडी संघको माग

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष फुटबल लिगको क्यालेन्डर तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
एन्फाका महासचिव किरण राईलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै संघले सहिद स्मारक ए, बी र सी डिभिजन लिग तत्काल सञ्चालन गर्न एन्फालाई आग्रह गरेको छ।
संघका अनुसार, दुई वर्षभन्दा बढी समयदेखि ए डिभिजन लिग नहुँदा खेलाडी, प्रशिक्षक, रेफ्री र फुटबलसम्बद्ध हजारौं व्यक्तिहरू अनिश्चिततामा परेका छन्।
लिगको अभावले प्रतिभा विदेश पलायन, आर्थिक कठिनाइ र राष्ट्रिय फुटबलको स्तरमा गिरावट आएको संघको भनाइ छ। संघले क्लबहरूसँग समन्वय गरी तय क्यालेन्डरअनुसार लिग सुरु गर्न एन्फालाई उच्च प्राथमिकताका साथ कदम चाल्न आग्रह गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |