← समाचारमा फर्कनुस्
प्लानिङ ब्वाइजको लगातार दोस्रो जित

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले लगातार दोस्रो जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेल प्लानिङले च्यासल युथ क्लबलाई ४–० ले पराजित गरेको हो।
प्लानिङको जितमा फागुराम थारुले दुई तथा सुजन डंगोल र अभिनाश थापाले समान एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ५५औं मिनेटमा सुजले प्यानिङलाई सुरुआती अग्रता दिलाए।
त्यसको पाँच मिनेट फागुले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए। ७७औं मिनेटमा अभिनाशले गोल गर्दै प्लानिङलाई ३–० को सहज जिततर्फ डोहर्याए।
८३औं फागुले व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङलाई सहज जित दिलाए।
यो नतिजासँगै प्लानिङले दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। च्यासलको भने एक अंक छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |