← समाचारमा फर्कनुस्
प्लानिङ ब्वाइज ‘ए’ डिभिजनमा बढुवा

काठमाडौं। प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा प्लालिङले बाँसबारी क्लबलाई २–० ले पराजित गरेको हो।
प्लानिङको जितमा पुजन थापाले एक गोल गरे। अर्को भने उपहार पाएको थियो।
पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। तर, दोस्रो हाफको दोस्रो मिनेटमा बाँसबारीका सन्दीप राउतले आत्मघाती गोल गर्न पुगे।
८१औं मिनेटमा पुजनले अर्को गोल गर्दै जित पक्का गरे।
जितसँगै शीर्ष स्थानमा रहेको प्लानिङले ११ खेलबाट २७ अंक पुर्याएको छ। बाँसबारीको समान खेलबाट १५ अंक छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |