← समाचारमा फर्कनुस्
Football Oct 25, 2025 · Swadesh

पिसासँगको बराबरीले मिलानलाई राहत

पिसासँगको बराबरीले मिलानलाई राहत

जाचरी एथेकमले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरेपछि एसी मिलानले इटालीको सिरी ए मा शुक्रबार राति पिसालाई २–२ को बराबरीमा रोकेको छ । यो बराबरीको नतिजापछि मिलान आठ खेलबाट १७ अंकमा शीर्ष स्थानमा कायम रह्यो ।


तर अब उसलाई इन्टर मिलान, नेपोली र रोमासामु उछिन्ने अवसर हुनेछ । सानसिरोमा भएको खेलमा मिलानले राफेल लियोओको गोलको मदतले अग्रता लिएको थियो । उसले त्यसलाई दोस्रो हाफमा गुमाएको थियो । त्यसपछि पिसाका लागि जुावन क्वाड्राडोले ६० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे ।


त्यसपछि एमबाला एजोलाले ८६ औं मिनेटमा दोस्रो गोल थपे । यस्तोमा हारतर्फ अग्रसर मिलानका लागि एथेकमले बराबरी गोल गरे र यो क्लबका लागि राहतले भरिएको नतिजा रह्यो । यसै सिजन बढुवा भएको पिसा भने चार अंकमा १७ औं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →