टाइब्रेकरमा नेपालले भारतलाई हरायो

नेपालले भारतविरुद्ध बुधबार भएको फ्रेन्ड्ली म्याच टाइब्रेकरमा ३–० ले जितेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेपछि पेनाल्टी सुटआउटले निर्णय भएको हो । नेपालको जितमा गोलरक्षक अञ्जना रानामगर फेरि एकपल्ट नायक रहिन् ।
सम्भावित टाइब्रेकरकै लागि सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेकी अञ्जनाले भारतका दुई प्रहार रोकिन् । भारतको एक अर्को प्रहार बाहिरिएको थियो । नेपालका तर्फबाट गोल गर्नेमा सविता रानागमर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल रहे ।
कप्तानको भूमिकामा रहेकी अनिता वस्नेत गोल गर्न चुकिन र उनको प्रहार भने बाहिरिएको थियो । त्यस अगाडि सिक्किमको पाल्जोर स्टेडियममा भएको खेलमा भारतले सौम्या गुगुलोथको गोलले पहिलो हाफको ३० औं मिनेटमा अग्रता लिएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयमा अनिताको कर्नर प्रहारलाई रश्मिकुमारी घिसिङले हेड गर्दै बललाई पोस्टका दिशा दिएकी हुन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |