← समाचारमा फर्कनुस्

पेलेको ऐतिहासिक जर्सी ४९ लाख डलरमा लिलामी: खेलकुद इतिहासकै दोस्रो महँगो जर्सी

ब्राजिलका लिजेन्ड फुटबल खेलाडी पेलेको एउटा ऐतिहासिक जर्सी न्यूयोर्कमा भएको सोथबिज लिलामीमा ४९ लाख अमेरिकी डलर (करिब ६५ करोड नेपाली रुपैयाँ भन्दा बढी) मा बिक्री भएको छ। यो खेलकुद सामग्रीको इतिहासमा पेलेसँग सम्बन्धित अहिलेसम्मकै सबैभन्दा बढी मूल्यमा बिक्री भएको कीर्तिमानी वस्तु बनेको छ।
यो जर्सी सन् १९५८ को फिफा विश्वकप फाइनलमा स्विडेन विरुद्धको खेलमा १७ वर्षीय पेलेले लगाएका थिए, जहाँ उनले दुई गोल गर्दै ब्राजिललाई पहिलो पटक विश्वकप उपाधि दिलाएका थिए।

जर्सीको ऐतिहासिक महत्व र मुख्य तथ्यहरू
दोस्रो महँगो फुटबल जर्सी: यो लिलामीसँगै पेलेको यो जर्सी विश्व फुटबल इतिहासकै दोस्रो सबैभन्दा महँगो जर्सी बन्न सफल भएको छ। यसअघि सन् २०२२ मा डिएगो म्याराडोनाको चर्चित "ह्यान्ड अफ गड" जर्सी ९३ लाख डलरमा बिक्री भएको थियो, जुन सूचीको पहिलो स्थानमा छ।
जर्सीको यात्रा: सन् १९५८ को ऐतिहासिक जितपछि पेलेले यो हातले बुनिएको निलो रंगको नम्बर १० जर्सी आफ्ना रूममेट तथा टोलीका साथी डिडालाई उपहार दिएका थिए। डिडाको परिवारले दशकौंसम्म सुरक्षित राखेको यो जर्सी पछि ब्राजिलको एउटा संग्रहालयमा राखिएको थियो र सन् २००४ मा एक संकलक कर्ताले खरिद गरेका थिए।
तीव्र प्रतिस्पर्धा: लिलामी हाउस सोथबिजका अनुसार न्यूयोर्कमा भएको यस लिलामीमा ५ जनाभन्दा बढी बोलपत्रदाता बीच १० पटकसम्म मूल्यको प्रतिस्पर्धा भएको थियो।
स्मरणरहोस्: फुटबलका 'दि किगं’ उपनामले चिनिने पेलेको सन् २०२२ मा ८२ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको थियो। उनी विश्वकै एक मात्र यस्ता खेलाडी हुन् जसले तीन पटक (१९५८, १९६२ र १९७०) फिफा विश्वकप उपाधि जितेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |