← समाचारमा फर्कनुस्
ग्यास्कोइन अस्पतालबाट घर पुगे

इंग्ल्यान्डका पूर्व स्टार खेलाडी पउल ग्यास्कोइन मंगलबार अस्पतालबाट छुट्टी लिएर घर पुगेका छन् । उनको उपचार अब घरमै हुनेछ । गत शुक्रबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई त्यहाँ आईसीयूमा राखिएको थियो ।
ग्यास्कोइनलाई उनका एक साथीले घरमै अचेत अवस्थामा भेटाएका थिए । अहिले उनको स्वास्थ्य स्थिति सुधारतर्फ उन्मुख रहेको बताइएको छ । उनी अहिले ५८ वर्षका भएका छन् र समय समयमा स्वास्थ्यमा समस्या आइरहने गर्छ ।
इंग्ल्यान्डका लागि उनले कुल ५७ क्याप जिते र आफ्नो समयका सबैभन्दा ठूला फुटबल स्टार थिए । तर आफ्नो खेल जीवनमा उनी मदिरा पिउने बानीबाट सधैं समस्यामा रहे । यसले नै उनको उज्ज्वल खेल जीवन ध्वस्त पारेको थियो ।
सन् १९९८ मा इटालीमा भएको विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो र उनी त्यस टिमका प्रमुख खेलाडी थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |