LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 30, 2026 · Swadesh

सडन डेथमा जर्मनीमाथि पाराग्वे विजयी

सडन डेथमा जर्मनीमाथि पाराग्वे विजयी

पाराग्वेले विश्वकप २०२६ मा स्तब्धपूर्ण नतिजा निकाल्दै सडन डेथमा मंगलबार जर्मनीलाई हराएको छ र प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । निर्धारित र अतिक्ति समयको खेल १–१ को बराबरीमा टुंगेपछि पाराग्वे टाइब्रेकरमा ४–३ ले विजयी रहेको हो ।

जर्मनीका लागि जोनाथन ताह छैटौं पेनाल्टीमा चुकेपछि पाराग्वेका लागि अवसर बनेको थियो । त्यसपछि जोसे क्यानाले निर्णायक गोल गरे । पाराग्वेका जितमा गोलरक्षक ओरलान्डो गिल नायक रहे र उनले जर्मनीका दुई प्रहार रोके ।

जर्मन गोलरक्षक म्यानुएल नोयाले पनि दुई बचाउ गरेका थिए । यससँगै प्रतियोगितामा चार पल्टको च्याम्पियन तथा विश्व फुटबलको महाशक्ति जर्मनीको चुनौती समाप्त भएको छ । बोस्टन स्टेडिममा भएको खेलमा पाराग्वेले ४२ औं मिनेटमा जुलियो एनसिसोको गोलले अग्रता लिएको थियो।

खेलको ५४ औ मिनेटमा जर्मनीका लागि काइ हार्भटेजले बराबरी गोल फर्काए । ताहले अतिरिक्त समयमा जर्मनीका लागि गोल गरे पनि त्यसले मान्यता भने पाएन् । विश्वकपमा जर्मनीको कमजोर प्रदर्शनको क्रम यस हारसँगै कायम रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group C
1 Brazil 3 7
2 Morocco 3 7
3 Scotland 3 3
4 Haiti 3 0
सबै समूह →