← समाचारमा फर्कनुस्
प्यालेसको युरोपमा खेल्दे दावेदारी

अर्को सिजन युरोपमा खेल्ने दाबी फेस गर्ने क्रममा त्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिगमा आइतबार फुलहमलाई २–१ ले हराएको छ । उत्कृष्ट लयमा रहेको प्यालेसको १५ खेलबाट २६ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ ।
क्राभेन कटेजमा भएको खेलमा प्यालेसका लागि एडि एनकेटिह र मार्क गुइहीले एक एक गोल गरे । फुलहमका तर्फबाट भने ह्यारी विल्सनले गोल गरे । लिगमा प्यालेसको १५ खेल पुग्दा यो अहिलेसम्मकै उत्कृष्ट सुरुआत हो ।
फुलहम भने १७ अंकमा १५ औं स्थानमा रह्यो । यस्तै ब्राइटन र वेस्ट ह्यामले १–१ को बराबरीमा चित्त बुझाए । ब्राइटन २३ अंकमा सातौं तथा वेस्ट ह्यामा १३ अंकमा १८ औं स्थानमा संघर्ष गरिरहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women