← समाचारमा फर्कनुस्
पाकिस्तान र बंगलादेश बिच बराबरी, भारत सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिप २०२४ मा पाकिस्तान र बंगलादेश बिच बराबरी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पाकिस्तान र बंगलादेश १-१ को बराबरी खेलेको हो।
खेलको ३१ औं मिनेटमा पाकिस्तानले जालिमा मलिकको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। तर, बंगलादेश दोस्रो हाफको इन्जुरी समयमा गोल फर्काएको थियो। शाम सुनहार जुनियरले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाइन्।
यस बराबरी संगै समूह ‘ए’ मा रहेको पाकिस्तानले पहिलो अंक जोडेको छ। पहिलो खेलमा भारतसँग ५-२ ले पराजित भएको थियो। बंगलादेशको भने पहिलो खेल हो।
शीर्ष स्थानमा रहेको भारत एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |