← समाचारमा फर्कनुस्
Football Aug 14, 2025 · Swadesh

पीएसजीलाई सुपरकप उपाधि

पीएसजीलाई सुपरकप उपाधि

युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार यूईएफए सुपरकपको उपाधि जितेको छ । नयाँ सिजनको पहिलो उपाधि जित्ने क्रममा उसले टोटनहमलाई टाइब्रेकरमा ४–३ ले हराएको हो । निर्धारित समयको खेल भने २–२ को बराबरीमा रहेको थियो ।

 

इटालीको युडिनेजीमा भएको खेलमा नयाँ प्रशिक्षक थोमस फ्रान्क आएयता टोटनहम उपाधितर्फ उन्मुख देखिएको थियो । पहिलो हाफमा मिकी भान डे भेन र क्रिस्टियन रोमेरोको गोलको मदतले टोटनहम २–० ले अगाडि थियो । त्यसपछि पीएसजीका लागि ली काङ–इनले ८५ औं मिनेटमा पहिलो गोल गरे ।


इन्ज्युरी समयको चौथो मिनेटमा गोन्जालो रोमोसले बराबरी गोल गरे । टाइब्रेकरमा भने नुनो मेन्डिजले फ्रान्सेली च्याम्पियनका लागि निर्णायक गोल गरे । कुनै पनि फ्रान्सेली क्लबले सुपरकप जितेको यो पहिलो पटक हो । यस्तै सन् २०२५ मा पीएसजीले जितेको उपाधि संख्या पाँच पुगेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →