← समाचारमा फर्कनुस्
Football Aug 18, 2025 · Swadesh

पीएसजीको विजयी सुरुआत

पीएसजीको विजयी सुरुआत

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा आइतबार विजयी लिएको छ र यसका लागि उसले नेन्ट्सलाई १–० ले हराएको हो ।


पोर्चुगाली मिडफिल्डर भिटिन्हाले गरेको प्रहार डिफ्लेक्ट हुँदै ६७ औं मिनेटमा गोलमा परिणत भएको थियो । लुइस एनरिकेको टिमले यो जितका लागि संघर्ष भने गर्नु परेको थियो ।


युरोपेली च्याम्पियन पीएसजीले पछिल्ला साता मात्रै टोटनहमलाई हराएर यूईएफए सुपरकप जितेको थियो र एनरिकेले त्यस खेलमा खेलेका सात खेलाडी परिवर्तन गरेर नेन्ट्सविरुद्ध उतारेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →