← समाचारमा फर्कनुस्
Football Nov 02, 2025 · Swadesh

पीएसजी दुई अंकले अगाडि

पीएसजी दुई अंकले अगाडि

फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति निसलाई संघर्ष गर्दै १–० ले हराएको छ र शीर्ष स्थानमा कायम रहेको छ । उसको ११ खेलबाट २४ अंक भएको छ ।


यो दोस्रो स्थानमा रहेको मार्सेमाथि दुई अंकको मात्र अग्रता हो । मोनाको २० अंकमा तेस्रोमा छ र यसपल्ट लिग उपाधिको होड रोमाञ्चक हुने देखिएको छ ।


निसमाथि पीएसजीको यसपल्टको जित भने कठिन रह्यो । खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला गोन्चालो रामोसले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →