← समाचारमा फर्कनुस्
Football Jul 13, 2025 · Swadesh

आज फाइनलः पीएसजीविरुद्ध चेल्सी

आज फाइनलः पीएसजीविरुद्ध चेल्सी

फिफाका अध्यक्ष जियान इफान्टिनोको भनाइ मान्ने हो भने फुटबल इतिहासमै क्लब वर्ल्डकप २०२५ सर्वाधिक सफल प्रतियोगिता हो । अमेरिकामा चलिरहेको प्रतियोगिताबारे उनले यस्तो दाबी गर्नु ठीकै पनि हो, किनभने यो प्रतियोगितालाई ३२ टिममा विस्तार गरेर महत्त्वकांक्षी भएर आयोजना गर्ने उनकै सोच हो ।

एक महिना जति अगाडि सुरु भएको प्रतियोगिता आज टुंगिदैछ, अब फाइनल खेल एउटै मात्र बाँकी छ । नेपाली समय अनुसार आज मध्यरातमा सुरु हुने खेलमा भिड्दै छन्, युरोपका दुई क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र चेल्सी । दुवै टिमका लागि यो फाइनल आफ्नो शानदार सिजनलाई अझ राम्रो बनाउने अवसर हुनेछ ।

सबैभन्दा पहिले पीएसजीकै कुरा । उसले यसपल्ट फ्रान्सेली लिग र कप मात्र जितेन्, पहिलो पटक युरोपेली च्याम्पियन्स लिग पनि जित्यो । च्याम्पियन्स लिगको फाइनलमा पीएसजीले इन्टर मिलानलाई सजिलै ५–० ले हराएको थियो । त्यही लय उसले अमेरिकामा पनि कायम राखेको छ ।

सेमिफाइनलमा पनि पीएसजीले जसरी रियल म्याड्रिडलाई हराएको छ, त्यसले प्रस्ट पारेको छ, यो क्लब साँच्चै अहिले कति धेरै बलियो छ भनेर । त्यसैले फाइनलमा जितका लागि सबैभन्दा बलियो प्रत्यासी यही पीएसजी नै हो । फेरि यो सिजन पीएसजीले एकपछि अर्को प्रिमियर लिग क्लबलाई हराउको पनि छ ।

सायद चेल्सी पनि कम्तीको छैन्, उसका लागि पनि यो सिजन राम्रै रह्यो । इंग्लिस प्रिमियर लिगमा चौथो स्थानमा आएको चेल्सीले युरोपा कन्फ्रेन्स लिग जितेको थियो । धेरै हदसम्म फाइनलमा चेल्सी ‘अन्डर डग’ नै रहनेछ । आम फुटबल प्रेमीको भने एउटै लोभ हुनेछ, फाइनल सनसनीपूर्ण होस। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →