← समाचारमा फर्कनुस्
Football Nov 30, 2025 · Swadesh

पीएसजीलाई मोनाकोको धक्का

पीएसजीलाई मोनाकोको धक्का

फ्रान्सको लिग वानमा मोनाकोले शनिबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गरेको छ । उपाधि होडमा पीएसजीका लागि यो हार गम्भीर धक्का रहेको छ ।


मोनाकोका लागि एक मात्र गोल ताकुमी मिनामिनोले ६८ औं मिनेटमा गरे । हारका बावजुत पीएसजी ३० अंकमा अझै शीर्ष स्थानमा छ । तर उसको अग्रता एक अंकमा छोटिएको छ ।


मार्से २९ अंकमा दोस्रो स्थानमा छ । मार्सेले टुलोजसँग २–२ को बराबरी खेलेपछि पीएसजीलाई उछिन्ने अवसर गुमाएको हो । अझ एक खेल कम खेलेको लेन्स २८ अंकमा तेस्रोमा छ ।


मोनाको आफै २३ अंकमा छैटौं स्थानमा छ । रेनेसले भने अर्को खेलमा मेट्जलाई १–० ले हरायो भने पेरिस एफसी र अजुरेले १–१ को बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →