← समाचारमा फर्कनुस्
‘नाइन गोल थ्रिलर’ मा पीएसजी विजयी

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको ‘नाइन गोल थ्रिलर’ मा बायर्न म्युनिकमाथि ५–४ को जित दर्ता गरेको छ । यससँगै पीएसजी टाइमा अग्रता कायम राख्न सफल रह्यो ।
अब दोस्रो लेग म्युनिकमा हुनेछ । च्याम्पियन्स लिगको इतिहासमै सेमिफाइनलको एकै खेलमा नौ गोल भएको यो पहिलो पटक हो । पेरिसमा भएको खेलको पहिलो हाफमा पीएसजीले खविचा क्वारत्सखेलिया र ओसमन डेम्बेलेको दुई दुई गोल गरे ।
यस्तै एक गोल जाओ नेभासले थपे । बायर्नले भने ह्यारी केनको गोलले अग्रता लिएपछि माइकल ओलिस, डायोट उपामकानो र लुइस डियाजले गोल गरेका हुन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women