स्पेनी च्याम्पियनमाथि फ्रान्सेली च्याम्पियन विजयी

गोन्सालो रामोसले खेलको अन्तिम मिनेटमा गरेको गोलको मदतले डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुर्नआगमन जित निकालेको छ । यो नै दिनको सबैभन्दा बहुप्रतीक्षित खेल रह्यो ।
त्यसै अनुसार खेल पस्किनु दुवै टिम सफल पनि रहे । स्पेनी च्याम्पियन बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएको थियो । त्यसपछि सेनी मायुलुले पीएसजीका लागि गोल गरे र खेल बराबरीतर्फ अग्रसर देखिएको थियो । तर खेलको ९० औं मिनेटम रामोसले फ्रान्सेली च्याम्पियनका लागि विजयी गोल गरे ।
रसमस होजल्यान्डले दुई गोलको मदतले इटालीको च्याम्पियन नेपोली पनि २–१ को स्कोरले नै विजयी रह्यो र यो सफलता स्पोर्टिङ लिस्वनविरुद्ध रह्यो । इंग्लिस प्रिमियर लिग क्लब मध्ये न्युकासल युनाइटेडले युनियन सेन्ट गिलोसलाई ४–० र आर्सनलले ओलम्पियाकोसलाई २–० हरायो ।
न्युकासलका लागि एन्थोनी गोर्डनले पेनाल्टीबाट दुई गोल गरे । अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी भने यत्तिकै भाग्यमानी रहेन् र उसले मोनाकासँग २–२ को बराबरी खेल्यो । त्यसमा इर्लिङ हालान्डले दुई गोल गरे पनि यो जितका लागि निर्णायक रहेन् ।
भिल्लारियल र युभेन्ट्सबीचको खेल पनि २–२ को बराबरीमै समाप्त भयो । बायर लेभरकुजन र पीएसभी आयनहोभनले पनि १–१ को बराबरी खेले । बोरुसिया डर्टमुन्ड भने एथलेटिको बिलबाओमाथि ४–१ ले विजयी रह्यो । कोरबागले एफसी कोपनहेगनमाथि २–० को जित हात पार्यो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |