← समाचारमा फर्कनुस्
Football Nov 22, 2025 · Swadesh

पीएसजीलाई उछिनेर मार्से शीर्षमा

पीएसजीलाई उछिनेर मार्से शीर्षमा

मेसन ग्रिनउडको दुई गोलको मदतले मार्सेले फ्रान्सेली लिग वानमा शुक्रबार राति निसलाई ५–१ ले पराजित गरेको छ । यससँगै मार्से अंक तालिकाको शीर्षमा उक्लेको छ । 


यो जितपछि उसको १३ खेलबाट २८ अंक भएको छ र यो अग्रता दुई दिनका लागि मात्र हुन सक्नेछ । पेरिस सेन्ट जर्मेन (पीएसजी) को १२ खेलबाट २७ अंक छ र दोस्रोमा छ । 

पीएसजीले आइतबार ले हार्भेको सामना गर्दैछ र त्यसमा जितेर फेरि शीर्ष स्थानमा फर्कन सक्नेछ । 


एलिनाज रिभिएरामा भएको खेलमा मार्सेका लागि पिएरे एमरिक अबामेयोङ, टिमोथी वेह र इगो पाइसोले एक एक गोल गरे । निस भने १३ खेलबाट १७ अंकमा नवौं स्थानमा रहेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →