रियलमाथि पीएसजीको अपत्यारिलो जित

कसैले क्लब वर्ल्डकप २०२५ को सेमिफाइनलमा रियल म्याड्रिड जत्तिको टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) को हातबाट ४–० ले पराजित हुन्छ भनेको भए, त्यो अप्रत्याउनै गाह्रो हुने थियो । तर बिहीबार यस्तै भएको छ, न्युयोर्कका मेट लाइफ स्टेडियममा भएको खेलमा ।
यो नतिजाले देखाउँछ, युरोपेली च्याम्पियन्स लिग विजेता टिम पीएसजी साँच्चै कति धेरै बलियो छ भनेर । यसको ठीक विपरित रियल अहिले त्यस्तो टिम नरहेको प्रस्ट भएको छ, जस्तो यसअघि थियो । अबको सिजन रियललाई गाह्रो हुने सम्भावनाहरू देखिन थालेका छन् ।
पीएसजीकै जितमा फर्कने हो भने त्यसमा फाबिन रुइजले दुई गोल गरे, ६ र २४ औं मिनेटमा । ओसमन डेम्बेलाले नवौं मिनेटमा अर्को एक गोल पनि गरे । त्यसको सुरुआती दस मिनेटको खेल भित्र नै रियल धेरै पछाडि परिसकेको थियो । गोन्जालो रामोसले ८७ औं मिनेटमा चौथो गोल गरे ।
अब फाइनलमा पीएसजी र चेल्सी भिड्ने छन् । त्यसमा पनि पीएसजीनै बलियो प्रत्यासी रहनेछ । उसका लागि यो सिजन साँच्चै शानदार रह्यो । पीएसजीले फ्रान्सेली लिग र कपसँगै पहिलो पटक च्याम्पियन्स लिग पनि जितेको थियो । अब उसको सामु क्लब वर्ल्डकप जित्ने बलियो अवसर जुरेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |