TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 14, 2025 · Swadesh

आत्मघाती गोलमा आर्सनलको उद्धार

आत्मघाती गोलमा आर्सनलको उद्धार

उल्भ्सले उपहारका रूपमा दिएका दुई आत्मआती गोलको मदतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार २–१ को जित निकालेको छ । इमिरेट्समा दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा यरसन मोसक्वेराले निर्णायक सावित आत्मघाती गोल गरे ।


खेलको ७० औं मिनेटमा साम जोनस्टोनले पनि आत्मघाती गोल गरेपछि आर्सनल अगाडि रह्यो । त्यसबीच उल्भ्सका लागि टोलु आरोकोडारेले ९० औं मिनेटमा एक गोल फर्काए ।


यो जितपछि आर्सनल १६ खेलबाट ३६ अंक भएको छ र शीर्षमा रह्यो । उसको पछाडि म्यानचेस्टर सिटीको ३१ अंक छ ।


शनिबारका अन्य खेलमा प्रमुख खेलमा लिभरपुलले ब्राइटनलाई २–० र चेल्सीले एभरटनलाई २–० ले पराजित गरेको थियो । यस्तै फुलहमले बर्नलीलाई ३–२ ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →