← समाचारमा फर्कनुस्
Football Oct 21, 2025 · Swadesh

नुनोले माने, वेस्ट ह्याममा छ समस्या

नुनोले माने, वेस्ट ह्याममा छ समस्या

वेस्ट ह्यामका नयाँ प्रशिक्षक नुनो स्पिरिटो सान्टुले माने, आफ्नो क्लब वेस्ट ह्याममा ठूलै समस्या छ । उनको यो स्विकारोक्ति आएको हो, वेस्ट ह्याम इंग्लिस प्रिमियर लिगको आफ्नो घरको खेलमा सोमबार राति ब्रेन्टफोर्डसँग २–० ले पराजित भएपछि । अब यी पोर्चुगाली प्रशिक्षकले वेस्ट ह्यामलाई रेलिगेसनबाट बचाउनु पर्नेछ ।


संयोग कस्तो भने नुनो आएयता वेस्ट ह्यामले घरमा खेलेको यो पहिलो खेल हो । अर्कोतर्फ ब्रेन्टफोर्ड भने यसै क्रममा घर बाहिर सिजनको पहिलो लिग जित निकाल्न सफल रह्यो । त्यति मात्र होइन्, लन्डन स्टेडियममा भएको यो खेललाई वेस्ट ह्यामका समर्थकको एक समूहले विरोध गर्दै बहिस्कार पनि गरे ।


यता खेलमा भने ब्रेन्टफोर्डका लागि इगोर थिएगोले ४३ र म्याथिस जेनसेनले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा एक एक गोल गरे । यो जितपछि ब्रेन्टफोर्ड आठ खेलबाट १० अंक भएको छ र टिम १३ औं स्थानमा उक्लेको छ । वेस्ट ह्याम भने आठ अंकबाट चारं अंकमा सीमित छ र १९ औं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →