← समाचारमा फर्कनुस्
Football Mar 14, 2025 · Swadesh

एनएसएल : उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने

एनएसएल : उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने

काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा साबिक विजेता ललितपुर एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स भिड्ने भएका छन्।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) शुक्रबार खेल तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

प्रतियोगिता चैत १६ देखि बैशाख १३ गतेसम्म हुने तय छ। ललितपुर र काठमाडौं खेल साँझ ६ बजे हुनेछ।

बैशाख ४ गतेसम्म सिंगल राउन्ड रोबिनमा लिग चरणका खेल हुनेछन्। २१ खेल हुनेछन्। प्रतियोगितामा यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने आयोजकले पक्का गरिसकेको छ।

वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने तेस्रो संस्करण नखेल्ने भएका छन्। सहभागी सात टोलीले प्रशिक्षक, मार्की, कप्तान र खेलाडी अनुबन्ध गरिसकेका छन्। केही टोलीले भने नियमित प्रशिक्षणसमेत थालिसकेका छन्।

लिग चरणका उत्कृष्ट दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। यो खेल बैशाख ६ गते हुनेछ। तेस्रो र चौथो स्थानमा रहने टोलीले भने दोस्रो क्वालिफायर खेल्नेछन्। 

पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ। पहिलो क्वालिफायरमा पराजित भएको टोली र दोस्रो क्वालिफायर विजेता टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। विजेता टोलीले फाइनलमा स्थान बनाउने छ।

दोस्रो क्वालिफायर बैशाख ७ गते हुनेछ। इलिमिनेटर बैशाख १० र फाइनल बैशाख १३ गते हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →