← समाचारमा फर्कनुस्
Football Mar 29, 2025 · Swadesh

एनएसएल : उद्घाटन खेलमा दुई विजेताको भिड्न्त

एनएसएल : उद्घाटन खेलमा दुई विजेताको भिड्न्त

काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा शनिबार दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। काठमाडौं पहिलो संस्करणको विजेता हो। ललितपुरले भने दोस्रो संस्करणमा पुगेर उपाधि चुम्न सफल भएको हो। ललितपुर यस संस्करण उपाधि रक्षा गर्ने दाउमा हुनेछ। काठमाडौं भने पहिलो संस्करणको सफलता उल्टाउने लक्ष्यमा छ। 

ललितपुर र काठमाडौं तीनपल्ट आमुन्नेसामुन्ने भएका छन्। पहिलो संस्करणमा यी दुई टोली लिग चरणमै भिडेका थिए। उक्त खेलमा काठमाडौं १–० ले विजयी भएको थियो। दोस्रो संस्करणमा भने दुईपल्ट यी टोलीको भेट भएको थियो।

लिगचरणमा काठमाडौंले १–० कै जित निकालेको थियो। तर, प्लेअफमा भने ३–० को सानदार जित निकाल्दै ललितपुरले पुनरागमन गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →