← समाचारमा फर्कनुस्
Football Dec 17, 2024 · Swadesh

एपिएलको विजेताले १ करोड १० लाख

एपिएलको विजेताले १ करोड १० लाख

नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ती निकाल्दै जानकारी दिएको हो।एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ।


यस पुरस्कार अहिले सम्मको नेपाली खेलकुदमा विजेता टोलीले पाउने ठूलो राशि हो। यस एपिएलको उत्कृष्ट नेपाली खेलाडीले कार पाउनेछ।


सुदुरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र चितवन राइनोजले प्ले अफमा स्थान बनाएका छन्।


यस्तै प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरले प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले सिधैं फाइनलमा स्थान पक्का गर्नेछ। हार ब्यहोर्ने टोलीले पनि दोस्रो क्वालिफायरको मौका पाउनेछ।


चितवन र कर्णालीबीच पनि बुधबारै इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीको सामना गर्नेछ।


इलिमिनेटरमा हार्ने टोलीको भने एनपिएल यात्रा सकिने छ।

बिहीबार हुने दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेतासँग प्रतिस्पर्धा गर्नेछ प्रतितयोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →