← समाचारमा फर्कनुस्
Football Jan 07, 2025 · Swadesh

बागमतीमाथि पुलिसको जित

बागमतीमाथि पुलिसको जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा बागमती युवा क्लबमाथि दोस्रो जित हासिल गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबार भएको खेलमा पुलिसले बागमतीलाई २-० ले पराजित गरेको हो।

पुलिसको जितमा निरु थापा र पूजा रानाले गोल गरे। खेलको नवौं मिनेटमा निरुको गोलमार्फत पुलिसले अग्रता लिएको थियो। निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा पूजाले गोल गर्दै पुलिसको जित पक्का गरिन्।

जितसँग तीन खेलमा सात अंक जोडेको पुलिस शीर्षस्थानमा उक्लिएको छ। तीनै खेलमा पराजित बागमती अंकविहिन छ।

पुलिसले यसअघि वाालिङ नगरपालिकालाई ५-० ले पराजित गरेको थियो भने आर्मीसँग गोलरहित बराबरी खेलेको थियो। बागमती आर्मीसँग २-० र एपिएफसँग ५-१ ले पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →