← समाचारमा फर्कनुस्
Football Jan 03, 2025 · Swadesh

वालिङमाथि पुलिसको सहज जित

वालिङमाथि पुलिसको सहज जित

काठमाडौं । एन्फा महिला सुपर लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसले शुक्रबार आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५–० को फराकिलो जित हासिल गरेको हो।

पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान दुई गोल गर्दा एक गोल पूजा रानाको नाममा रह्यो।

खेलको आठौं मिनेटमा गोलकिपर राधिका ओली मैदानबाट बाहिरिएकी थिइन्। उनको स्थानमा आइन् दोस्रो रोजाईकी गोलकिपर अस्मिता रनपालले पोस्ट समालेकी थिइन्।

जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यता पराजित वालिङ पुछारमा झरेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →