← समाचारमा फर्कनुस्
Football Jan 24, 2025 · Swadesh

अमृताको गोलमा पुलिस दोस्रो क्वालिफायरमा

अमृताको गोलमा पुलिस दोस्रो क्वालिफायरमा

काठमाडौं। अमृता जैशीको निर्णायक गोलसँगै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न इलिमिनेटरमा सर्लाहीको बागमती युथ क्लबलाई पुलिसले १-० ले पराजित गरेको हो। 

बागमतीले निर्धारित ९० मिनेटसम्म पुलिसलाई गोलरहित बराबरी रोकेको थियो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा अमृताले गोल गर्दै पुलिसको जित पक्का गरिन्।

योसँगै पुलिसले फाइनल प्रवेश गर्न पहिलो क्वालिफायरबाट बाहिरिने टोलीसँग खेल्नेछ। पहिलो क्वालिफायरमा एपिएफ र त्रिभुवन आर्मी क्लब शनिबार यही मैदानमा भिड्ने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →