← समाचारमा फर्कनुस्
Football Nov 04, 2025 · Swadesh

चर्च ब्बाइजमाथि पुलिसको गोल बर्षा

चर्च ब्बाइजमाथि पुलिसको गोल बर्षा

काठमाडौं। झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित दर्ता गरेको छ। 


सोमबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हाे।


पुलिसको जितमा मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरिन्। रेखाले खेलको ३७औँ, ८०औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन्। त्यस्तै, मिनाले खेलको ५१, ६०, ६२, ६८ र ८१औँ मिनेटमा गोल गरिन्।


खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउवा भइन्। उनले नगद १५ हजार र ट्रफी पाइन्। उनलाई प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले ट्रफी प्रदान गरेका थिए।


मंगलबार दोस्रो क्वार्टरफाइनल खेल एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ। दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →