← समाचारमा फर्कनुस्
नेपालको पोस्टमा उत्तर कोरियाले गर्यो ११ गोल

काठमाडौं। साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ।
भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपाल ११–० ले पराजित भएको हो।
योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। उत्तर कोरियाले ३ खेलबाट ९ अंक जोड्यो। उत्तर कोरियाले साउदी अरबलाई १५–० र भुटानलाई १०–० ले पराजित गरेको थियो।
नेपाल भने उतकृष्ट उपविजेता बन्न पनि चुक्यो। नेपालले समान खेलबाट ४ अंक मात्रै बटुल्न सक्यो। नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो।
साउदी अरबमाथि भने १–० को कठिन जित हात पारेको थियो। तर, जित्नै पर्ने अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार बेहोरेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |