TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 23, 2025 · Swadesh

नेयमारको घुँडामा शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नेयमारको घुँडामा शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

काठमाडौं। ब्राजिलियन स्टार फुटबलर नेयमारले आफ्नो बायाँ घुँडामा सानो शल्यक्रिया गराएका छन्। उनको क्लब सान्तोसले सोमबार यसबारे जानकारी दिएको हो।


३३ वर्षीय नेयमारले यस वर्ष बारम्बार देखिएको घुँडाको दुखाइका कारण शल्यक्रिया गराउने निर्णय लिएका थिए। उनको घुँडामा गरिएको आर्थ्रोस्कोपी शल्यक्रिया ब्राजिल राष्ट्रिय फुटबल टोलीका चिकित्सकसमेत रहेका डा रोड्रिगो लासमारले गरेका हुन्।


क्लबका अनुसार यो न्यून आक्रामक (मिनिमली इनभेसिभ) प्रक्रिया हो, जसबाट जोर्नीभित्र देखिएका समस्याहरूको उपचार गरिएको छ।


गत साता साओ पाउलोमा आयोजित एक सङ्गीत कार्यक्रममा नेयमारले आफू अझै पनि विश्वकप खेल्ने र फाइनलमा गोल गर्ने सपना देखिरहेको बताएका थिए।


यद्यपि मे महिनामा नियुक्त भएका ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले अहिलेसम्म नेयमारलाई राष्ट्रिय टोलीमा समावेश गरेका छैनन्। सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट खेलका क्रममा एसीएल च्यातिएपछि नेयमार पूर्ण फिटनेसमा फर्किन संघर्षरत छन्।


नेयमार जनवरीमा आफ्नो बाल्यकालको क्लब सान्तोस फर्किएका थिए। अप्रिलमा सुरु भएको ब्राजिलको सेरी एमा सान्तोसले खेलेका ३८ खेलमध्ये उनले १९ खेल मात्र खेले।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →