← समाचारमा फर्कनुस्
नेइमारले पुनरागमन गरेको खेलमा अल हिलाल विजयी

काठमाडौँ । साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा तेस्रो जित हासिल गरेको छ।
गएराती भएको खेलमा अल हिलालले युएईको क्लब अल ऐनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो।
अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक एक गोल गरेका थिए।
यता, अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरे।
यस खेलमा अल हिलालका नेइमारले एक बर्षपछि पुनरागमन गरेका थिए। इन्जुरिका कारण एक बर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औँ मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो पुनरागमन गरेका हुन्।
जितपछि अल हिलालको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। पराजित अल ऐनको भने ३ खेलमा एक अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |