TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 26, 2025 · Swadesh

बक्सिङ डेमा एउटै खेल

बक्सिङ डेमा एउटै खेल

क्रिसमसको भोलि पल्ट पर्छ, बक्सिङ डे । परम्परागत रूपमा यति बेला इंग्लिस प्रिमियर लिग असाध्यै धेरै ब्यस्त हुनु पर्ने हो । तर यही दिन पारेर यसपल्ट एकै खेल मात्र परेको छ । आज शुक्रबार राति म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेड मात्र भिड्दै छन् ।


शनिबार र आइतबार नियमित खेल हुने नै भए । धेरै लामो समयपछि बक्सिङ डेमा एउटै खेल मात्र परेको हो । र, सम्भवतः यसले लिगमा निर्णायक प्रभाव पनि पर्नेछ । यस्तो किन भन्दा यही दिन हुने खेलले लिगको सम्भावित उपाधि विजेता टुंगो लाग्थ्यो पनि भनिन्थ्यो ।


संयोग के भन्दा यी दुवै टिम यसपल्ट उपाधि होडमा छैनन्, अझ दुवै टिमको प्रदर्शन एक प्रकारले निराशाजनक रहेको छ । अहिलेका लागि युनाइटेड २६ अंकमा सातौं स्थानमा छ । कम्तीमा उसले अर्को सिजन युरोपमा खेल्ने सपना बुन्न सक्छ ।


न्युकासल अझ पछाडि छ, २३ अंकमा ११ औं स्थानमा छ । न्युकासलले अर्को सिजन पनि युरोपमा खेल्ने हो भने आफ्नो प्रदर्शनमा सुधार गर्न आवश्यक नै छ । खालि एउटा कुरा भने तय छ, ओल्ड ट्रायफोर्डमा हुने यो खेल कम्तीको भने हुने छैन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →