← समाचारमा फर्कनुस्
हाउको विश्वास इसाक न्युकासलमै रहने

भर्खर्र न्युकासल युनाइटेडले सेल्टिकविरुद्धको मैत्रीपूर्ण खेलमा नराम्रो हार बेहोरेको छ । सेल्टिक पार्कमा भएको त्यस खेलमा क्लबका प्रमुख खेलाडी एलेक्जान्डर इसाकले खेलेनन् । कारण ? उनी अहिले अन्यत्र जाने ठूलै सम्भावनाबाट गुज्रिरहेका छन् ।
विशेषतः इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले उनीमाथि ठूलो रूचि देखाइरहेको छ । सम्भवतः लिभरपुल २५ वर्षीय स्विडेनी खेलाडी इसाकका लागि कीर्तिमान रकम तिर्न पनि तयार छ । न्युकासल स्वंयका लागि भने यो असाध्यै अप्ठ्यारो स्थिति नै हो ।
साँच्चै स्थिति के हो त ? न्युकासलका प्रशिक्षक एडि हाउलाई भने विश्वास छ, यी खेलाडी न्युकासलमै रहने छन्, किनभने उनी टिमसँग खुसी छन् । मलाई पूरा विश्वास छ, इसाक अबको नयाँ सिजनमा न्युकासलमै रहने छन् । ‘यो कुरामा म आत्मविश्वासी छुं,’ हाउले भनेका छन् ।
त्यही मैत्रीपूर्ण खेलमा फर्कने हो भने न्युकासल ४–० ले पराजित रह्यो । इसाक रहने भने पूरा सम्भावना छ, न्युकासल कमजोर हुन सक्छ र लिगमा उसको प्रदर्शन भने जस्तो नहुन सक्छ । हाउले एउटा अर्को तथ्य पनि भनेका छन्, ‘कोही खेलाडीका लागि शतप्रतिशत यही हो भनेर पनि भन्न सकिन्न ।’
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |