दुविधामा न्युकासललाई गाह्रो

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा सहभागी हुने टिमका चर्चाको यो १५ औं शृंखला । अब हामीले चर्चा गर्न लागेको टिम हो, न्युकासल युनाइटेड ।)
लिगकप विजेता न्युकासल युनाइटेड पछिल्लो सिजन इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा रहेको थियो । समग्रमा यो प्रदर्शन राम्रै रह्यो । अब के त ? यसको उत्तरमा भन्दा न्युकासल अहिले दुविधामा छ र यसले उसलाई गाह्रो पार्नेछ । दुविधाको केन्द्रमा रहेका पात्र हुन्, एलेक्जान्डर इसाक ।
इसाक न्युकासल छाड्न चाहन्छन् र लिभरपुल उनले सोचेको गन्तब्य हुन सक्छ । तर कुरा भने मिलिरहेका छैन् । सायद लिभरपुलसँग न्युकासलले भने जत्तिकै रकम तिर्ने अवस्था पनि नहुन सक्छ । अन्ततः डर के हो भने यसैले कहीं अबको पूरा सिजन टिमको प्रदर्शनमा तलमाथि त हुने होइन् ?
कुरा यत्तिकैमा टुंगिन्न । न्युकासलले किन्न खोजेका खेलाडी पनि सेन्ट जेम्स पार्क आउन इच्छुक छैनन् । त्यसमाथि साउदी लगानी रहेको यस क्लबमा अहिलेका लागि स्पोर्टिङ डाइरेक्टर र चिफ एक्ज्युकेटिभ पद पनि खालि छ । टिमको एउट बलियो पक्ष भनेको प्रशिक्षक एडी हाउ र उनको टिम हो ।
यसपल्ट पनि न्युकासलको लक्ष्य युरोपमा खेल्नकै लागि छनोट हुने हो, तर यो शीर्ष चार हुने छैन् । सायद न्युकासलले युरोपा लिग अथवा यूईएफएक कन्फ्रेन्स लिग छनोटका लागि खेल्नेछ । त्यो भनेको पाँचौंदेखि सातौं स्थानसम्म । यो नै न्युकासललाई लिएर अहिलेको यथार्थ हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |