← समाचारमा फर्कनुस्
न्युकासलको प्रतिद्वन्द्वी फुलहम

डिफेन्डिङ च्याम्पियन न्युकासल युनाइटेडले लिगकपको क्वाटरफाइनलमा फुलहमको सामना गर्ने भएको छ । प्रतियोगिताको बुधबार राति निकालिएको ड्र अनुसार यो खेल तय भएको हो ।
अन्य अन्तिम आठको खेलमा आर्सनलले प्यालेस, चेल्सीले कार्डिफ तथा सिटीले ब्रेन्टफोर्डको सामना गर्नेछन् । त्यसमध्ये कार्डिफ मात्रै इंग्लिस प्रिमियर लिग बाहिरको टिम रहेको छ ।
बुधबार नै भएका अन्तिम १६ का खेलमा न्युकासलले टोटनहमलाई २–० ले पराजित गरेको थियो । यस्तै आर्सनलले ब्राइटनलाई २–०, क्रिस्टल प्यालेसले लिभरपुललाई ३–०, म्यानचेस्टर सिटीले स्वान्सीलाई ३–१ र चेल्सीले उल्भ्सलाई ४–३ ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |