TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 18, 2025 · Swadesh

न्युकासल सेमिफाइनलमा सिटीको सामना गर्दै

न्युकासल सेमिफाइनलमा सिटीको सामना गर्दै

डिफेन्डिङ च्याम्पियन न्युकासल युनाइटेडले इंग्लिस लिगकपको सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । सिटी र न्युकासलले बुधबार इंग्लिस लिगकपको अन्तिम चारको यात्रा तय गरेका हुन् ।


सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलले भने फुलहमलाई २–१ ले पराजित गरेको हो । खेल टाइब्रेकरतर्फ अग्रसर भइरहेको बेला लेविस माइलले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे ।


न्युकासलले योना विसाको गोलले सुरुआती अग्रता लिएको थियो । तर फुलहमका लागि सासा लुकिचले बराबरी गोल फर्काएका हुन् । सिटीले इतिहाडमा भएको खेलमा ब्रेन्टफोर्डलाई २–० ले हरायो । त्यसमा यारन चेर्की र साभिआले एक एक गोल गरे ।


चेल्सी पनि प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ र उसले अर्को अन्तिम चारको खेलमा आर्सनल अथवा क्रिस्टल प्यालेसमध्ये एकको सामना गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →