← समाचारमा फर्कनुस्
Football Jun 30, 2026 · Swadesh

नोयरको सन्न्यास

नोयरको सन्न्यास

काठमाडौं। पाराग्वेसँगको हारसँगै जर्मनीका गोलरक्षक म्यानुएल नोयरको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम लागेको छ।

करिब दुई दशकसम्म जर्मनीको पोस्ट सम्हालेका नोयरले ‘स्वीपर–किपर’ शैलीलाई नयाँ उचाइमा पुर्‍याउँदै गोलरक्षकको भूमिकालाई नै परिवर्तन गरेका थिए।

तर‚ उनको गौरवशाली अन्तर्राष्ट्रिय करिअरको अन्त्य भने पाराग्वेसँगको पेनाल्टी सुटआउटमा हारसँगै भयो। ४० वर्षीय नोयरले विश्वकप सुरु हुनुअघि नै यो जर्मनीका लागि आफ्नो अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने घोषणा गरेका थिए।

विश्वकपका लागि उनले अन्तर्राष्ट्रिय सन्न्याससमेत फिर्ता लिएर टोलीमा पुनरागमन गरेका थिए। तर‚ उनले अपेक्षा गरेभन्दा निकै छिटो समयमा जर्मनीको विश्वकप यात्रा समाप्त भयो। खेलपछि भावुक बनेका नोयरले भने, ‘यसरी यात्रा टुंगिनु अत्यन्त पीडादायी छ।’

पेनाल्टी सुटआउटमा जर्मनीले एउटा पेनाल्टी बचाए पनि पाराग्वेलाई जितबाट रोक्न सकेन। योसँगै चार पटकको विश्व च्याम्पियन प्रतियोगिताबाट बाहिरियो। पाराग्वेविरुद्धको खेल नोयरको जर्मनीका लागि १२८औं तथा अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो। सन् २००९ मा सुरु भएको उनको राष्ट्रिय टोलीको यात्रा यही खेलसँगै समाप्त भएको हो।

नोयरले जर्मनीको कप्तानी गरेका थिए र सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। सो प्रतियोगितामा उत्कृष्ट गोलरक्षकका रूपमा ‘गोल्डेन ग्लोभ’ अवार्ड जितेका थिए। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →