← समाचारमा फर्कनुस्
नेदरल्यान्ड्सको सहज जित

काठमाडौं । नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सहज जीत हासिल गरेको छ।
शनिबार राति घरेलु मैदान जोहान क्रुफ एरिनामा सम्पन्न खेलमा हंगेरीलाई ४–० ले पराजित गरेको हो।
नेदरल्यान्ड्सको जितमा वाउट वेगहोर्सट, कोडी गाक्पो र डेन्जल डम्फ्रिज र ट्युन कुपमाइनर्सले समान एक एक गोल गरे।
खेलको २१औँ मिनेटमा वेगहोर्सटको पेनाल्टी गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा गाक्पोले पेनाल्टी मार्फत नै टोलीको अग्रता दोब्बर बनाए।
डम्फ्रिजले ६४औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा कुपमाइनर्सले गोल गर्दै नेदरल्यान्ड्सलाई ४–० को फराकिलो जित दिलाए।
जितसँगै पाँच खेलमा ८ अंक जोडेको नेदरल्यान्ड्स लिग ‘ए’ समूह–३ को दोस्रो स्थानमा छ। पराजित हंगेरी समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |