← समाचारमा फर्कनुस्
सावित्रालाई कप्तान बनाउनु ठीक थियो त ? अनि मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड कति ठीक कति बेठिक त ? यसबीच एउटा अर्को प्रश्न पनि छ र त्यो हो, सम्भवतः अहिलेको नेपाली राष्ट्रिय महिला टिमका केही सदस्यले ढिलो चाँडो सन्यास लिने छन्, केही समयमै । के तिनको ठाउँ लिने खेलाडी तयार छन् त ?
नेपाली महिला फुटबललाई अर्को चुनौती

नेपाली महिला फुटबललाई अर्को चुनौती
अहिले चर्चाको कुनै एउटा विषय भएको छ भने त्यो महिला फुटबलबारे छ । वुमेन्स एसियाकप छनोटमा नेपालको प्रदर्शनबारे सबैले आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् र ती सबै फरक फरक खाले छन् । अहिले चर्चाका विषय हुन्, नेपाल छनोटको यति नजिक पुगेर पनि किन असफल रह्यो ?
सावित्रालाई कप्तान बनाउनु ठीक थियो त ? अनि मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड कति ठीक कति बेठिक त ? यसबीच एउटा अर्को प्रश्न पनि छ र त्यो हो, सम्भवतः अहिलेको नेपाली राष्ट्रिय महिला टिमका केही सदस्यले ढिलो चाँडो सन्यास लिने छन्, केही समयमै । के तिनको ठाउँ लिने खेलाडी तयार छन् त ?
यसको उत्तर भने अबको दिनमा कुनै न कुनै रूपमा देख्न पाइनेछ, जति बेला नेपाली महिला फुटबलले एउटा अर्को चुनौती सामना गर्दैछ र यो हो, साफ यू–२० वुमेन्स च्याम्पियनसिप । प्रतियोगिता जुलाई ११ देखि २२ सम्म हुनेछ, बंगलादेशमा । कुल चार टिम छन्, आयोजक बंगलादेश र नेपालसँगै भुटान र श्रीलंका ।
यसपल्ट भारत भने छैन् । प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्नेछ र अन्त्यमा जसले शीर्ष स्थान हात पार्नेछ, त्यही टिम च्याम्पियन हुनेछ । प्रतियोगितामा नेपालले पनि उपाधिका लागि चुनौती पेस गर्नेछ । यसैक्रममा हो, को को खेलाडी अबको राष्ट्रिय टिमका लागि उपयुक्त छन् भन्ने खोज्ने ।
कुल २३ सदस्यीय टिम भने आफैमा यस्तो छ ।
बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनीषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरीताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू, सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |