← समाचारमा फर्कनुस्
जेलेस्पीको निर्णायक गोलमा नेपालले सिंगापुरलाई हरायो

काठमाडौं। जेलेस्पीजंघ कार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुरमाथि विजयी हासिल गरेको छ।
सिंगापुर नेसनल स्टेडियममा शुक्रबार सम्पन्न अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले १–० को जित निकालेको हो।
नेपालको जितमा जेलेस्पीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले १२औं मिनेटमा मनीष डाँगीको क्रसमा गोल गरेका हुन्।
सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो। नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन्।
५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो। त्यसअघि भएको दुई भेट (१९८२ र १९८९) मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो।
नेपाल एएफसी एसियन कप छनोट २०२७ खेल्न प्रस्थान गर्नेछ। मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |