श्रीलंकाविरुद्ध नेपालको सहज जित

साफ यु–१९ च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध सहज जित निकालेको छ। भारतको युपिया स्थित गोल्डेन जुब्ली स्टेडियममा नेपालले श्रीलंकालाई ५–० गोलले पराजित गरेको हो।
नेपालको जितमा सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरेका थिए।
अब मंगलबार हुने समूह चरणको अन्तिम खेलले शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ। अर्को समूहबाट बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेशले आइतबार नै सम्पन्न खेलमा भुटानलाई ३–० ले पाखा लगाएको थियो।
नेपालका लागि पहिलो गोल अतिरिक्त समय सकिन केही सेकेन्ड बाँकी रहँदा सुजनले गरेको थियो।
खेलको ६१औं मिनेटमा धर्वेन्द्रको गोलमा नेपालले अग्रता दोब्बर बनायो। त्यस्तै खेलको ७७औं मिनेटमा सुवासले डिबक्समा पाएको पासलाई राम्ररी कन्ट्रेल गर्दै गोल गरे।
खेलको ९०औं मिनेटमा विज्ञानले सुजनको क्रसमा गोल गर्दै ४-० को नतिजा पुऱ्यायो।
इन्जुरी समयमा लछुले फ्रि-ककमा सिधै गोल गर्दै नेपाललाई ५–० को सहज जित दिलाए।
यस जित सँगै नेपालले साफ यु–१९ मा श्रीलंकाविरुद्ध आफ्नो अपराजित यात्रा कायम राखेको छ। अब नेपालले भारतसंग १३ मे मा खेल्ने छ ।
नेपाल यस जितसंगै साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |