प्रतीक्षालाई पहिलोपल्ट समेट्दै नेपाली टोली घोषणा

काठमाडौं। पहिलोपल्ट प्रतीक्षा चौधरीलाई समेट्दै उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्ने नेपालले २३ सदस्सीय टोली घोषणा गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा टोली घोषणा गरेको हो।
नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले टोलीमा मिडफिल्डर सुष्मा तामाङलाई बाहिर राखेका छन्। यस्तै, विभागीय टोली नेपाल एपिएफ क्लबकी रक्षक प्रतीक्षालाई टोलीमा समेटेका छन्। उनले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेको छन्।
छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले उज्वेकिस्तानको तास्केन्दमा घरेलु टोलीसँगै लाओस र श्रीलंकासँग खेल्दैछ।
नेपाली टिम :
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना राना मगर
डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाइ, प्रतीक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैशी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोट, प्रिती राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल
फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |