भारत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र एक मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रमबीच टोलीलाई बिदाई गरेको हो। कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, कार्यबाहक महासचिव दामोदर भट्टराई (बद्री), उपाध्यक्ष दावा लामा, प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर तथा सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ, सरीला मलेखु श्रेष्ठलगायतको उपस्थिति थियो।
सिलोङको जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले अक्टोबर २४ मा इरानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि अक्टोबर २७ मा घरेलु टोलीसँग खेल्ने तालिका छ। राउन्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने सेट–अप छ।
प्रतियोगितापछि नेपालले पुनः भारतसँग सिक्किमसँग अक्टोबर ३० मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |