← समाचारमा फर्कनुस्
Football Aug 07, 2025 · Swadesh

नेपाली महिला फिफा वरियतामा १३औं स्थान माथि उक्लियो

नेपाली महिला फिफा वरियतामा १३औं स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाली महिला टोली १३ औं स्थान माथि छलाङ  मार्दै ८७ औं स्थानमा उक्लेको छ । आज सार्वजिक गरेको नयाँ वरियता अनुसार नेपाल ८७औं स्थानमा छ। यसअघि नेपाल १०० औं स्थानमा थियो। यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो ।


दक्षिण एसियाली देशहरूको वरियतामा नेपाल दोस्रो स्थानमा छ। भारत ६३औं ८ स्थान माथि चढ्दै (७०औं बाट) पहिलो स्थानमा रहेको छ ।  बंगलादेश १०४ औं २४ स्थान माथि चढ्दै ( १२८ बाट) , पाकिस्तान १५४औं श्रीलंका १६१ औं, भुटान १६३औं र माल्दिभ्स १६५ औं स्थानमा छ।


पहिलो नम्बरमा स्पेन रहेको छ । अमेरिका दुई नम्बरमा झरेको छ र स्वीडेन तेस्रो स्थानमा छ। ईगंल्याण्ड चौथो स्थानमा छ भने जर्मनी पाँचौं स्थानमा छ। फ्रान्स छैटौं,  ब्राजिल ७ औं, जापान ८ औं, क्यानडा ९ औं र  उत्तर कोरिया  १० औं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →