← समाचारमा फर्कनुस्
Football Aug 07, 2025 · Swadesh

यु–१७ महिला एसियन कप छनोट: नेपालकाे समूहमा थाइल्यान्ड र तुर्केमिस्तान

यु–१७ महिला एसियन कप छनोट: नेपालकाे समूहमा थाइल्यान्ड र तुर्केमिस्तान

काठमाडौं। चीनमा आयाेजना हुने एएफसी यु–१७ महिला एसियन कप छनोटको समूहमा नेपालसहित  थाइल्यान्ड र तुर्केमिस्तान परेको छ।


एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘एफ’मा परेको हो। यो समूहमा सन् २००३ को पहिलो संस्करणमा तेस्रो भएको थाइल्यान्ड र तुर्केमिस्तान छन्।


यो समूहको खेल थाइल्यान्डमा हुनेछ। नेपालले हालसम्म समूह चरण पार गर्न सकेको छैन। सहभागी २७ टोलीलाई ८ समूहमा विभाजन गरिएको थियो।


तीन समूहमा समान चार टोली छन्। अन्य पाँच समूहमा भने समान तीन टोलीलाई राखिएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)का नेपालसँग भारत र बंगलादेश मात्रै समावेश थिए। 


भारत समूह ‘जी’ र बंगलादेश समूह ‘एच’मा परेका छन्। यसअघि नै मुख्य प्रतियोगितामा साबिक विजेता उत्तर कोरियासँगै उपविजेता जापान, दक्षिण कोरिया र आयोजक चीनले स्थान बनाइसकेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →