साउदीसँग नेपालको कठिन जित

काठमाडौँ। एएफसी महिला यु–२० एसियन कप छनोटमा नेपालले पहिलाे जित दर्ता गरेकाे छ।
भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली साउदीमाथि १–० को कठिन जित निकालेको हो।
नेपालको जितमा सुक्रिया निर्णायक बनिन्। उनले निर्धारित ९० मिनेटमा गाेल गरेकी थिइन्। योसँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ।
पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। शीर्ष स्थानमा भने साबिक विजेता उत्तर कोरिया छ। उत्तर कोरियाले पहिलो खेलमै साउदीमाथि १५–० को फराकिलो जित हात पारेको थियो। साउदी एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिसकेको छ। भुटानले भने शुक्रबार नै उत्तर कोरियासँग खेल्ने छ।
यस सिंगल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको लागि छनोट हुनेछ। उत्तर कोरिया छनोटनजिक छ।
समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने भएकाले नेपाललाई साउदीविरुद्ध उत्तर कोरियाको झैं फराकिलो जित निकाल्नुपर्ने दबाब थियो। तर, नेपाललाई गोल गर्न अतिरिक्त समयसम्म पर्खिन पर्यो।
३७औं मिनेटमा नेपालले सुरुआती अग्रता लिने मौका पाएको थियो। साउदीका डिफेन्डर बास्माह अल्शनाइफीले पेनाल्टी बक्सभित्र सेनु परियारलाई तानेर लडाएपछि नेपालले गोलको अवसर पायो।
तर, स्ट्राइकर मीना देउवा पेनाल्टी प्रहार गर्नेबेला चिप्लिइन् र साउदीकी गोलकिपरले सहजै ड्राइभ लगाएर बल बचाइन्। त्यसपछि पनि नेपालले साउदीलाई दबाब दिएको थियो। तर, गोल गर्न भने सकेन।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |