← समाचारमा फर्कनुस्
Football Oct 09, 2025 · Swadesh

नेपाल र भियतनाम भिड्दै

नेपाल र भियतनाम भिड्दै

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप छनोटअन्तर्गत आज भियतनामसँग खेल्दैछ। खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समयअनुसार ६: १५ बजेदेखि सुरु हुँदैछ।


भियतनाम नेपालभन्दा बलियो टिम हो। फिफा वरियतामा भियतनाम हाल ११४ औं स्थानमा छ। यता, नेपाल हाल १७६औं स्थानमा छ। नेपाल र भियतनामबीचको खेल २००३ पछि पहिलो पटक खेल्दैछ। २००३ मा खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेल ५-० ले र २-० ले पराजित भएको थियो।


आज हुने नेपालको अवे खेल हो। यस्तै अक्टोबर १४ मा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि भियतनाममै खेल्नेछ। दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो।


एएफसी एसियन कप छनोटमा नेपालले यस अघि खेलेका दुई खेलमा दुवैमा हार बेहोरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →