TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 31, 2026 · Swadesh

नेपाल लाओससँग आज भिडन्त

नेपाल लाओससँग आज भिडन्त

काठमाडौं। एएफसी एसिया कप छनोट अन्तर्गत मंगलबार हुने आफ्नो अन्तिम खेलमा नेपालले आज लाओससँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ।


यसअघि पहिलो लेगमा नेपाल लाओससँग पराजित भएको थियो। प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन्। दुवै टोलीले समान ५ खेल खेल्दा ३–३ अंक जोडेका छन्।


हालसम्म नेपाल र लाओसबीच ६ खेल भएका छन्। जसमा नेपालले ४ खेल जित्दा लाओसले १ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ। एएफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →