← समाचारमा फर्कनुस्
Football Jul 22, 2025 · Swadesh

साफ उपविजेता नेपाली टोली स्वदेश फिर्ता

साफ उपविजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं। बंगलादेशमा साेमबार सम्पन्न साफ यु –२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ। 

टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वागत गरे।

प्रतियोगितामा भुटान र श्रीलंकलाई हराएको नेपालले बंगलादेशसँग दुवै खेलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। बंगलादेशको

ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग नेपाल ४–० ले पराजित भयो।

योसँगै बंगलादेशले अपराजित रहँदै १८ अंकका साथ उपाधि हात पार्‍यो। बंगलादेशसँग दुई हार बेहोरेको नेपालले ६ खेलबाट १२ अंक पुर्‍यायो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →