एएफसी यु–१७ महिला एसिया कप छनोट खेल्न थाइल्यान्ड जाने नेपाली टोलीलाई बिदाइ

काठमाडौं । एएफसी यु–१७ महिला एसिया कप २०२५ को छनोट प्रतियोगितामा भाग लिन नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ।
टोलीलाई शुक्रबार एक विशेष समारोहकाबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत पदाधिकारीहरूले बिदाइ गरेका हुन्।
एन्फा मुख्यालयमा आयोजित बिदाइ कार्यक्रममा अध्यक्ष नेम्वाङले टोलीलाई शुभकामना व्यक्त गर्दै खेलमैदानमा आफ्नो सम्पूर्ण क्षमताको प्रदर्शन गर्न आग्रह गरे। उनले भने, “हाम्रो युवा खेलाडीहरूले देशको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा उत्कृष्ट खेल देखाउने विश्वास लिएको छु। यो केवल खेल प्रतियोगिता होइन, देशको गौरव बढाउने अवसर पनि हो।”
छनोट प्रतियोगिता अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ। उक्त समूहमा नेपालसँगै घरेलु टोली थाइल्यान्ड र तुर्केमिनिस्तान रहेका छन्। नेपाली टोलीले पहिलो खेल अक्टोबर १५ मा तुर्केमिनिस्तानविरुद्ध खेलेपछि दोस्रो खेल अक्टोबर १७ मा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। यी दुवै खेल थाइल्यान्डमै हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |